राष्ट्रिय सभा निर्वाचन : प्रचण्ड सहमतिमा नआए कांग्रेस-एमालेले मात्रै सिट बाँडफाँट गर्ने तयारी - www.onlinekhabar.com
Source: onkh
२३ पुस, काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको मनोनयन दर्ता गर्ने दिनसम्म पनि प्रमुख दलहरुले सिट बाँडफाँट गरी तालमेलको प्रयास जारी राखेका छन् । तर तालमेलको अन्तिम निर्णय हुन सकेको छैन । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले ‘बोली फेरेपछि’ सिट बाँडफाँटमा सहमति नजुटेको कतिपय नेताहरु बताउँछन् । त्यसैले कांग्रेस-एमालेबीच मात्रै सिट बाँडफाँटको प्रयास भइरहेको छ ।…