सशस्त्रका प्रहरी जवान घुससहित पक्राउ - www.pardafas.com
Source: pfds
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही कोटहीमाई गाउँपालिका–५ स्थित सशस्त्र प्रहरी बल नेपाल बार्डर आउट पोस्ट मझगावामा कार्यरत सशस्त्र प्रहरी जवान यामबहादुर खत्रीलाई घुससहित पक्राउ गरेको छ । सीमा पारी भारतबाट भन्सार छली अवैध रुपमा कपडा तथा किराना सामान ल्याउने कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा आयोगले उनलाई पक्राउ गरेको हो । आयोगको बुटवल कार्यालयबाट गएको टोलीले खत्रीलाई कोटहीमाई गाउँपालिका–५ बाट पक्राउ गरेको हो । आरोपी सशस्त्र प्रहरी जवान खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।