‘राजीनामा भनेको त भ्रष्ट्राचार अपराधबाट मुक्ति पाउने गङ्गा स्नान पो भएछ’ - bankingsamachar.com
काठमाडौं – प्रतिनिधिसभा सदस्य असिम शाहले भिजिट भिसाको नाममा मानव तस्करीको फाइल कहाँ पुग्यो भन्दै प्रश्न गरेको छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै शाहले भिजिट भिसा प्रकरण तथा अन्य भ्रष्ट्राचारका मुद्दामा तत्काल छानबिन गर्न माग गरेका हुन् । सदस्य शाहले भने,‘ सभामुख महोदय भिजिट भिसाको नाममा मानव तस्करीको फाइल कहाँ पुग्यो भनेर म गृहमन्त्री ज्युलाई सोध्न चाहन्छु? जनताले भिजिट भिसा प्रकरण बिर्सन्छन् भनेर गल्ती नगर्नुहोला, बिर्सने छैनन्, हामी कुनै पनि हालतमा बिर्सन दिँदैनौ’। उनले थपे,’ यो कस्तो नयाँ परम्परा हो ? भ्रष्ट्राचारको अडियो बाहिरियो, घुस मागेको प्रमाण खुल्यो , राजीनामा दिएपछि सबै पाप पखालियो?। राजीनामा भनेको त भ्रष्ट्राचारको अपराधबाट मुक्ति पाउने गङ्गा स्नान पो भएछ।’ उनले तत्कालीन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएसँगै अनुसन्धानको फाइल बन्द भएको र त्यही अडिओमा नाम सुनिएका अर्का मन्त्री र पूर्व मन्त्रीलाई अदृश्य शक्तिले बताएको बताए । उनले सो भ्रष्ट्राचार प्रकरणमा छानबिन आवश्यक रहेको औँल्याए।