टेनिसको अम्पायर कोर्स सम्पन्न - ehimalayatimes.com
Source: hmlt
काठमाडौं । नेपाल टेनिस संघको आयोजनामा आइटिएफ अफिसिएटिङ स्कुल चेयर अम्पायर कोर्स सम्पन्न भएको छ । तीनदिने कोर्समा मोफसलबाट दुईसहित १२ प्रशिक्षार्थी सहभागी थिए । अभिनय अछामी, गौसुबा गुरुङ, जोर्जिया चौधरी, निशान श्रेष्ठ, निश्चल कायस्थ, प्रकृति श्रेष्ठ, प्रशंसा मोक्तान, पुष्पा गौडेल, रमित मग्राती, रञ्जित अछामी, सन्देश बराल र सुनिरा थापा कोर्समा सहभागी हुनुहुन्थ्यो । गौसुबा र पुष्पा कास्कीका हुनुहुन्छ । उहाँहरूलाई आयोजक टेनिस संघका सचिवसमेत रहनुभएका राष्ट्रिय ट्युटर अजय विष्टले प्रतियोगिताका दौरान चेयर र लाइन्स अम्पायरको भूमिकाबारे प्रशिक्षण दिनुभएको थियो । आयोजक टेनिस संघका अध्यक्ष मनोहरदास मूलले सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले कोर्स सञ्चालन गरिएको बताउनुभयो ।