Redirecting...

७८ लाख बराबरको क्रिप्टो कारोबार गर्ने एक जना प्रहरीको फन्दामा  - bankingsamachar.com

७८ लाख बराबरको क्रिप्टो कारोबार गर्ने एक जना प्रहरीको फन्दामा  - bankingsamachar.com
Source: bkns

काठमाडौं – किप्टो करेन्सी कारोबार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ चिसापानी स्थायी घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–०३ कौशलटार बस्ने २१ वर्षीय सुशान्त दाहाल रहेका छन्। काठमाडौं महानगरपालिका –१४ कलंकीमा अभौतिक मुद्राको अवैध कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनले ७८ लाख ३० हजारभन्दा बढी रकमको कारोबार गरेको कसुरमा पक्राउ गरी अभौतिक मुद्राको कारोबार गर्न नहुने सम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले उनको साथबाट मोबाइल फोन १ थान र २ थान सिम कार्ड बरामद गरेको छ । उनले युएसडिटि (USDT), बिटिसी (BTC) इटिएच ( ETH) बीएनबी (BNB) जस्ता क्रिप्टोमा लगानी गरेको पाइएको प्रहरीले जनाएको छ ।