लुम्बिनी लायन्सको लोभलाग्दो पुनरागमन, के उपाधि पनि जित्ला ? - farakdhar.com
Source: FRDH
भन्ने गरिन्छ क्रिकेटमा भविष्यवाणी गर्नु मूर्खता हो । क्रिकेट अनिश्चितताको खेल हो । हो, यस्तै भएको छ त्रिवि क्रिकेट स्टेडियममा जारी नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा । धेरैले नपत्याएको लुम्बिनी लायन्स जारी लिगको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको क्वालिफायर खेलमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनी पहिलोपटक फाइलमा गरेको हो । एनपिएल फाइनलमा प्रवेश भएसँगै लुम्बिनी यतिबेला चर्चाको शिखरमा छ । उसले अब फाइनल खेलमा शनिबार सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेलमा पनि व...