माल्दिभ्स एफएएम वुमेन्स लिग : डेब्यु खेलमै रेखाको दुई गोल - ehimalayatimes.com
Source: hmlt
काठमाडौं । नेपाली फरवार्ड रेखा पौडेलले माल्दिभ्सको एफएएम वुमेन्स लिग २०२५ मा जबरजस्त सुरुवात गर्नुभएको छ । माजिया वुमेन्स टिमबाट डेब्यु गर्दै उहाँले पहिलो खेलमै दुई गोल गर्नुभएको हो । उहाँसँगै मिडफिल्डर दिपा शाहीले मध्यभागबाट खेलको गति सम्हालिरहँदा माजिया यस सिजन निकै सशक्त देखिएको हो । भिक्ट्री एससीविरुद्धको खेलमा रेखाले पहिलो हाफमै लगातार दुई प्रहार मार्दै माजियालाई २-० को अग्रता दिलाउनुभयो । तर, दोस्रो हाफमा खेलको मोड बदलियो । भिक्ट्रीले दुवै गोल फर्काउँदै अन्ततः खेल २-२ को बराबरीमा टुंग्याएको हो ।