एमालेले मनोनयन गर्यो १०८ प्रतिनिधि, सूची शनिबार सार्वजनिक हुने - farakdhar.com
Source: FRDH
नेकपा एमालेले आगामी महाधिवेशनका लागि १ सय ८ प्रतिनिधि मनोनयन गरेको छ । शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले नयाँ प्रतिनिधि मनोनयन गर्ने निर्णय गरेको हो । बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिँदै भने ‘निर्वाचित र पदेनरूपमा सहभागिता जनाउने प्रतिनिधिहरूको कूल संख्याको पाँच प्रतिशत बराबरका १ सय ८ जना सदस्यहरु मनोनयन गरिएको छ ।’ ज्ञवालीका अनुसार यो सूची सचिवालयले औपचारिकरूपमा पारित गरिसकेको छ । तर, नामावली भने भोलि सार्वजनिक गरिनेछ ।