Redirecting...

बैंकिङ्ग निक्षेप १ अर्बले बढ्दा कर्जा प्रवाह ४ अर्बले बढ्यो - bankingsamachar.com

बैंकिङ्ग निक्षेप १ अर्बले बढ्दा कर्जा प्रवाह ४ अर्बले बढ्यो - bankingsamachar.com
Source: bkns

काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको कर्जा प्रवाहमा सुधार देखिएको छ । केन्द्रीय बैंकको साउन १८ र १९ गतेको तथ्यांकले बैंकिङ्ग प्रणालीको कर्जा प्रवाहमा ४ अर्बको वृद्धि देखाएको हो । साउन १९ गते बैंकिङ्ग प्रणालीबाट ५५ खर्ब ७४ अर्ब कर्जा प्रवाह भएको छ । अघिल्लो दिन ५५ खर्ब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो। यस्तै, सो समयमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह भने स्थिर रहेको छ । अघिल्लो दिन ४९ खर्ब ४९ अर्ब कर्जा प्रवाह भएकोमा भोलिपल्ट पनि सोही रकम बराबरको कर्जा प्रवाह भएको छ । सो समयमा बैंकिङ्ग प्रणालीको निक्षेप भने १ अर्ब रुपैयाँले बढेको छ । साउन १८ गते बैंकिङ्ग प्रणालीमा ७२ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा भोलिपल्ट १ अर्ब रुपैयाँले बढेको छ। यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेप पनि १ अर्ब रुपैयाँले बढ्दै ६४ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार सो समयमा अन्तर बैंक ब्याजदर २.७५ प्रतिशत र सिडी रेसियो ७६.१० प्रतिशत रहेको छ ।