Redirecting...

हिमपातपछि जुम्लामा कठ्याङ्ग्रिँदो चिसो, जनजीवन प्रभावित तर किसान हर्षित - farakdhar.com

हिमपातपछि जुम्लामा कठ्याङ्ग्रिँदो चिसो, जनजीवन प्रभावित तर किसान हर्षित - farakdhar.com
Source: FRDH

जिल्लामा हिमपात परे सँगै चिसो अत्यधिक बढी धाराको पानीसमेत जम्न थालेपछि जुम्लाको जनजीवन कष्टकर बनेको छ । सदरमुकाम खलङ्गासहित जिल्लाको माथिल्लो भेगमा खानेपानी ल्याउन प्रयोग गरिएका पाइप फुट्न थालेको नागरिक समाजका संयोजक रामबहादुर महतले जानकारी दिए । उनले भने, ‘अत्यधिक चिसोका कारण यहाँका विद्यालय, क्याम्पसलगायत शैक्षिक संस्था बन्द छन् । बाहिरी पर्यटकको आवत–जावत न्यून छ । सरकारी कार्यालय खुले पनि सेवाग्राहीको उपस्थिति कम छ । साँझ–बिहान बजारका चोक चोकमा मानिस आगो बालेर बसेका देखिन्छन् । समग्रमा चिसो बढेस...