Redirecting...

गुण्डा नाइके चक्रे मिलन एमाले सदस्य, वकिललाई हकार्दै भने, म ओलीको झोले हुँ - bishwokhabar.com

गुण्डा नाइके चक्रे मिलन एमाले सदस्य, वकिललाई हकार्दै भने, म ओलीको झोले हुँ - bishwokhabar.com
Source: bsbk

काठमाडौं– गुण्डागर्दीको आरोपमा साउन १५ गते साम्बाला होटलबाट पक्राउ परेका चक्रे मिलन ‘मिलन गुरुङ’ ले आफू नेकपा (एमाले)को गोरखा जिल्ला पार्टी सदस्य भएको दाबी गरेका छन् । अनुसन्धान अधिकृत र सरकारी वकिलसमक्ष दिएको बयानमा उनले सामाजिक सेवामा सक्रिय रहँदै पार्टीगत कार्यक्रमहरूमा संलग्न हुने गरेको उल्लेख गरेका छन् । ‘पार्टीगत रूपमा आयोजित विशेष कार्यमा सहभागी हुँदै आएको छु,’ उनले भनेका छन्, म ओलीको झोले हुँ र ‘केही वर्षदेखि सामाजिक सेवा र राजनीतिक क्रियाकलापमा आबद्ध छु ।’ साम्बाला होटलमा जन्मदिन मनाउने क्रममा प्रहरी पुगेको उनले बताए । ‘जन्मदिनमा आएका केही भाइहरूसँग प्रहरीले सामान्य भनाभन मात्र भयो,’ चक्रेले बयानमा भने, ‘हामीले कुनै अभद्र व्यवहार गरेका थिएनौँ ।’ अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएजस्तो धारिलो वा जोखिमयुक्त हतियार प्रदर्शन नगरेको दाबी गर्दै उनले भने, ‘हतियार देखाएर स्थानीयलाई गालीगलौज, धम्की वा त्रास सिर्जना गर्ने कार्य मैले गरेको छैन ।’