Redirecting...

देउवा कांग्रेस नेतृत्व नत्याग्नेमा दृढ, शेखर, गगन र विश्वप्रकाशलाई भारी - bishwokhabar.com

देउवा कांग्रेस नेतृत्व नत्याग्नेमा दृढ, शेखर, गगन र विश्वप्रकाशलाई भारी - bishwokhabar.com
Source: bsbk

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भदौ २४ पछि सार्वजनिक रूपमा देखिएका छैनन् । जेनजी आन्दोलनको दोस्रो दिन उनका निवास बूढानीलकण्ठमा पुगेका आन्दोलनकारीले देउवा दम्पतीमाथि कुटपिट र आगजनी गरेका थिए । घाइते देउवा र आरजू राणा उपचारपछि काठमाडौंमा एक घर भाडामा बसिरहेका छन् । कांग्रेसभित्रै नेतृत्व छाड्न दबाब बढ्दा पनि देउवा अहिलेसम्म तयार छैनन् । उनीनिकट एक नेताका अनुसार कार्यवाहक दिन तयार हुनुहुन्छ, तर घाइते अवस्थामा तत्काल नेतृत्व छाड्न दबाब मान्न सकिन्न । कांग्रेसले भदौ २६ गते केन्द्रीय समिति बैठक बोलाएको छ । देउवा यदि त्यस बैठकमा नेतृत्व छाड्ने घोषणा गरेनन् भने अहिलेसम्म ४० प्रतिशत बढी महाधिवेशन प्रतिनिधिका हस्ताक्षर बुझाउने तयारी छ । सोमबार कांग्रेसका नेताहरू डा. शेखर कोइराला र गगन थापाबीच समेत आगामी कदमबारे लामो छलफल भएको छ ।