विशेष महाधिवेशन पक्षधर कांग्रेस कार्यसमिति बैठकमा नजाने - bishwokhabar.com
Source: bsbk
काठमाडौँ- काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन गरिरहेका नेपाली कांग्रेसका महामन्त्री द्वय गगन थापा र विश्व प्रकाश शर्मा पक्षधर केन्द्रीय कार्यसमिति बैठकमा नजाने भएका छन्। कार्यबाहक सभापति पूर्णबहादुर खड्काले मङ्गलबार बिहानै ११ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्। आफूहरूले वार्ता समिति गठन गरेको र त्यो वार्ता समितिमा सहमति नहुँदासम्म केन्द्रीय कार्यसमिति बैठकमा नजाने विशेष महाधिवेशन पक्षधर केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिइन्। वार्ता समितिमा कुरा नमिले आफूहरू नयाँ कार्यसमिति बनाएर निर्वाचन आयोगमा जाने उनको भनाइ छ। विशेष महाधिवेशन गौतम मधु आचार्य प्रदीप पौडेल प्रकाश स्नेही रसाइली र अजय बाबु शिवाकोटी छन्। त्यस्तै सह महामन्त्री फर्मुला मनसुर अर्जुन नरसिंह केसी र उमा रेग्मी पनि यही पक्षमा छन्।