Redirecting...

नयाँ बसपार्कमा निःशुल्क इन्टरनेट, सञ्चारमन्त्री पुगेर चलाए वाइफाइ - farakdhar.com

नयाँ बसपार्कमा निःशुल्क इन्टरनेट, सञ्चारमन्त्री पुगेर चलाए वाइफाइ - farakdhar.com
Source: FRDH

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गोँगबुस्थित नयाँ बसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ गरेका छन् । काठमाडौं उपत्यकाको महत्त्वपूर्ण सार्वजनिक स्थलहरूमा निःशुल्क वाइफाइको पहुँच पुर्‍याउने निर्णयसहित गत असोज ६ गते पद बहाली गरेका सञ्चारमन्त्री खरेलले आज नयाँबसपार्क पुगी सेवा शुभारम्भ गरेका हुन् । सो अवसरमा उनले नयाँबसपार्कसहित काठमाडौं उपत्यकाको १९ स्थानमा निःशुल्क इन्टरनेट सेवा जडान गरिएको जानकारी दिए । ‘मन्त्रीको हैसियतले पदबहालीका क्रममा गरेको प्रतिबद्धताअनुसार निःशुल्क इन्टरनेट सेवा जडान सुरु ग...