फ्यानले थाहा पाइसकेका थिए, साकारले आज स्वीकारे दीक्षितासँगको रिलेसनसिप - www.sutranews.com
काठमाडौं । चर्चित र्यापर साकार र गायिका दीक्षिता कार्कीले सोमबार पछिल्लो सांगीतिक सहकार्य ‘अहिले भेट्न आऊ’ ले युट्युबमा १० लाख भ्यूज पार गरेसँगै लामो समयदेखि चर्चामा रहेको उनीहरूको सम्बन्ध पनि अन्ततः सार्वजनिक गरे। गीतले १ मिलियन भ्यूज पार गरेको खुसीमा साकारले दीक्षितासँगको रोमान्टिक तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै आफ्नो प्रेम सम्बन्धलाई औपचारिक पुष्टि गरे। उनले गीतको सफलता र आफूहरूको सम्बन्धले एक वर्ष पूरा गरेको खुसी प्रशंसकसँग बाँडे। तस्बिरसँगै साकारले लेखेका छन् ‘हाम्रो गीत ‘अहिले भेट्न आऊ’ लाई १० लाख पटक हेरियो र एक वर्षको साथ। धन्यवाद युनिभर्स।’ पछिल्लो एक वर्षदेखि साकार र दीक्षिताको लगातारको सामाजिक सञ्जाल पोस्टले उनीहरू सम्बन्धमा रहेको संकेत दिँदै आएको थियो। फ्यानहरूले धेरै अघि नै यो प्रेमकथा ‘डिकोड’ गरिसकेका थिए। तर, दुबैले रिलेसनसिपबारे खुलेर बोलेका थिएनन्।