Redirecting...

चुनावमा पहिलो घेरामै सेना हावी हुने संकेत, सैनिक अधिकृतदेखि जवानसम्मलाई प्रधानसेनापतिको कडा निर्देशन - janatatimes.com

चुनावमा पहिलो घेरामै सेना हावी हुने संकेत, सैनिक अधिकृतदेखि जवानसम्मलाई प्रधानसेनापतिको कडा निर्देशन - janatatimes.com
Source: jant

काठमाडौं, फागुन २ । नेपाली सेनाले फागुन २१ गते हुने निर्वाचनमा सवै घेरको सुरक्षा योजनासहित मैदानमा उत्रिएको संकेत गरेको छ । प्रधानसेनापति अशोकराज सिग्देलले शनिवार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा दिनुभएको निर्देशनले सेना निर्वाचनमा सवै घेराको सुरक्षामा देखिने र भेटिने यस्तो संकेत गरेको हो । प्रधानसेनापति सिग्देलले आसन्न निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन नेपाली सेनाका अधिकृतदेखि जवानसम्मलाई निर्देशन दिनुभयो । महाशिवरात्रि तथा २६३ औँ सेना दिवसका अवसरमा शनिबार जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै प्रधानसेनापति सिग्देलले शुभकामनासँगै निर्वाचनबारे कडा निर्देशन दिनुभएको हो । सैनिक अधिकृतहरूलाई सम्बोधन गर्दै प्रधानसेनापतिले चुनावको सुरक्षामा कुनै कमी हुन नहुनेतर्फ सवैको ध्यानाकर्षण गराउनु भयो भने सेनाले सवै तहको सुरक्षा दिएर शान्तिपूर्ण बनाउने बताउनु भयो । सम्बोधनको क्रममा उहाँले नेपालको गौरवका गाथा, परम्परा र संस्कृति चिन्न, गौरव गर्न र इतिहासका पाठबाट सिक्न नेपाली सैनिक कर्मचारीलाई निर्देशन दिएको जंगी अड्डाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । ‘सबै सैनिक तालिमहरूमा नेपाल र नेपालीको इतिहास अध्ययन–अध्यापन गराउन निर्देशन दिनुभयो,’ प्रधानसेनापतिको भनाई उधृत गर्दै निर्देशनालयद्वारा जारी प्रेस नोटमा भनिएको छ, ‘साथै, नेपाली सेनाले विभिन्न क्षेत्रहरूमा निर्वाह गर्दै आइरहेको जिम्मेवारीहरू उत्कृष्ट ढंगले पुरा गर्ने क्रममा आसन्न निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउनसमेत विशेष निर्देशन दिनुभयो ।’ नेपाली सेनाले यसअघि नै चुनावमा सवै तहको भूमिका निर्वाह गर्ने सार्वजनिक घोषणा गरिसकेको छ ।