Redirecting...

१० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर - www.pardafas.com

१० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर - www.pardafas.com
Source: pfds

नेकपा (एमाले)ले १०औँ महाधिवेशनकै कमिटीअनुसार पार्टी संरचना निर्माण गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी एघारौँ महाधिवेशनबको बन्दसत्रबाट पार्टीले उक्त प्रश्ताव पारित गरेको पार्टीकी सचिव पद्मा अर्यालले जानकारी दिइन् । उनले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षता गरिरहेका बन्दसत्रको हलबाट १९ पदाधिकारी र ३०१ जनाको केन्द्रिय कमिटी चयन गरिने बताइन् । उनकाअनुसार एकजना अध्यक्ष, तीन जना उपाध्यक्ष, एक जना महासचिव, तीन जना उपमहासचिव र नौ जना सचिव गरी १९ सदस्यीय पार्टी पदाधिकारी निर्वाचित हुनेछन् । त्यसैगरी केन्दीय कमिटीको एक तिहाई सदस्यलाई समावेश गरेर पार्टीको पोलिटब्युरो निर्माण गरिने उनले जानकारी दिइन् । पोलिटब्युरो सदस्यको एक तिहाईबाट स्थायी कमिटी निर्माण गरिने समेत अर्यालले जानकारी दिइन् । पार्टीले महाधिवेशनम झन्डै ५ प्रतिशत कोटा छ्याएको छ । युवालाई छुट्याएको क्लस्टरअनुसार भूगोल र गैरभूगोल गरी हरेक प्रदेशबाट एकएक जना रहेका छन् । यसैगरी खुलातर्फ २ जना, जनजाति आदिवासीतर्फ २ जना, मधेसीतर्फ २ जना, दलिततर्फ एक गरी १५ जना कोटा छुट्याइएको छ ।