Redirecting...

खाद्य कम्पनीले किन्यो १ लाख ३२ हजार क्विन्टल धान - nagariknews.nagariknetwork.com

खाद्य कम्पनीले किन्यो १ लाख ३२ हजार क्विन्टल धान - nagariknews.nagariknetwork.com
Source: ngrk

कम्पनीले कात्तिक १२ गतेदेखि पुस २१ गतेसम्मको अवधिमा देशभरका विभिन्न १० वटा केन्द्रमार्फत उक्त परिमाणमा धान खरिद गरेको हो।कम्पनीले यस वर्ष देशभरबाट कुल १ लाख ८० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ।कम्पनीका खरिद विभाग प्रमुख अनन्तराज पौडेलका अनुसार निर्धारित कोटा पूरा भएपछि ५ वटा केन्द्रबाट धान खरिद कार्य बन्द गरिएको छ।धनगढी, महेन्द्रनगर, नेपालगञ्ज, राजापुर र बिर्तामोड केन्द्रबाट कोटा अनुसार र कतिपयमा कोटाभन्दा बढी धान खरिद भइसकेकाले हाललाई स्थगन गरिएको हो।कम्पनीले सबैभन्दा बढी कोटा तोकेको धनगढी र राजापुर केन्द्रले लक्ष्यभन्दा बढी धान खरिद गरेका छन्। धनगढीमा ३५ हजार क्विन्टलको सुरुवाती कोटामा थप गरी करिब ३९ हजार क्विन्टल र राजापुरमा मोटो र मध्यम गरी करिब ३० हजार क्विन्टल धान खरिद भएको छ।कम्पनीले तोकेका १३ खरिद केन्द्रमध्ये लहान, जुम्ला र पोखरामा अझै धान खरिद प्रक्रिया सुरु हुन सकेको छैन।विभागीय प्रमुख पौडेलका अनुसार जेन-जी आन्दोलनका कारण लहानस्थित गोदाम र बोरामा क्षति पुगेको तथा बोराको अभाव भएकाले खरिद प्रक्रिया रोकिएको छ। लहान केन्द्रले कोटा बढाउनुपर्ने माग गरेको र हाल विभागसँग बोराको मौज्दात कम भएकाले समस्या देखिएको छ।यस्तै, जुम्लामा मार्सी र पोखरामा जेठोबुढो (उन्नत जात) धान खरिद गर्ने योजना रहे पनि ती धान पाउन समस्या भएपछि खरिद प्रक्रिया अघि बढ्न नसकेको कम्पनीले जनाएको छहाल बाँकी रहेका केन्द्रहरूमध्ये विराटनगर, भैरहवा, जनकपुर, वीरगन्ज र तुलसीपुर लगायतका स्थानबाट खरिद भइरहेको छ। तथ्यांक अनुसार हालसम्म विराटनगरमा १११६ क्विन्टल, भैरहवामा २०४९ क्विन्टल, जनकपुरमा ५७४० क्विन्टल र वीरगन्जमा ४९१२ क्विन्टल धान खरिद भएको छ।सरकारले यस वर्ष मध्यम धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६२८ रुपैयाँ र मोटो धानको मूल्य ३ हजार ४६३ रुपैयाँ तोकेको छ।