नेपालमा क्यान्सरको निशुल्क औषधि प्रदान गरिरहेको म्याक्स फाउन्डेशनद्वारा हरेक वर्ष थप १ लाख बिरामीसम्म पुग्ने घोषणा - swasthyakhabar.com
Source: swkh
हाल म्याक्सले ८० भन्दा बढी न्यून तथा मध्यम आय भएका देशहरूमा करिब ९०० भन्दा बढी साझेदारहरूसँग मिलेर औषधि, परीक्षण सेवा र समग्र उपचार उपलब्ध गराउँदै आएको छ। यी साझेदारहरूमा गैर-नाफामूलक संस्था, स्वास्थ्य व्यवसायी संस्था, व्यावसायिक कम्पनीहरू र ५०० भन्दा बढी स्थानीय चिकित्सक तथा स्वास्थ्य संस्था समावेश छन्।