Redirecting...

रुसमाथि प्रतिबन्ध लगाउने अमेरिकी म्याद सकिनुअघि पुटिन र ट्रम्पका विशेषदूतबीच वार्ता - www.bbc.com

रुसमाथि प्रतिबन्ध लगाउने अमेरिकी म्याद सकिनुअघि पुटिन र ट्रम्पका विशेषदूतबीच वार्ता - www.bbc.com
Source: bbcn

GAVRIIL GRIGOROV/SPUTNIK/KREMLIN POOL/EPA/Shutterstock संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनमा युद्धविरामबारे छलफल गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफूले छिट्टै भेट्न सक्ने बताएका छन्।मस्कोमा पुटिन र अमेरिकी विशेषदूत स्टीभ विट्कफबीच "निकै परिमाणमुखी" वार्ता भएको उनले बताए। यद्यपि ती वार्ताहरू कुनै निष्कर्षमा पुगेनन्।शीर्ष बैठकका लागि के दुई नेताहरू सहमत भएका हुन् भनी सोधिएकोक प्रश्नमा ट्रम्पले "एकदमै राम्रो सम्भावना" रहेको बताए, तर त्यसबारे उनले थप केही खुलाएनन्। युद्धविरामबारे 'छिटो निर्णय लिन' ट्रम्पले रुसलाई आह्वान गरिरहँदा पुटिनसँग उनका विशेषदूतको भेटवार्तायुद्धविरामबारे 'छिटो निर्णय लिन' ट्रम्पले रुसलाई आह्वान गरिरहँदा पुटिनसँग उनका विशेषदूतको भेटवार्ता यसअघि क्रेम्लिनले पुटिन र विट्कफबीच भएका वार्ताहरूबारे एउटा अस्पष्ट वक्तव्य जारी गरेको थियो। त्यसमा विदेशनीति सल्लाहकारले मस्कोमा "रचनात्मक वार्ता"का क्रममा "सङ्केतहरू" आदानप्रदान भएको उल्लेख गरेका छन्।अमेरिकाले रुसलाई युक्रेनसँग शुक्रवारसम्म सम्झौतामा पुग्न दिएको समयसीमा आउनुभन्दा एक दिनअघि ती वार्ताहरू भएका हुन्।भेटका लागि खुलाअमेरिकाले शुक्रवारसम्म युक्रेनसँग युद्धबारे सहमतिमा पुग्न अथवा आर्थिक प्रतिबन्धहरूको सामना गर्न मस्कोलाई चेतावनी दिएको छ।यसअघि अमेरिकाले भारतमाथि रुससँग तेल खरिद गर्ने गरेकामा २५ प्रतिशत अतिरिक्त ट्यारिफ घोषणा गरेको थियो। Reuters अमेरिकाका केही युरोपेली साझेदार मुलुकहरूलाई वार्ताहरूबारे जानकारी गराएको भन्दै सामाजिक सञ्जाल ट्रूथ सोशलमा पोस्ट गरेपछि ओभल अफिसमा बुधवार ट्रम्पको पछिल्लो अभिव्यक्ति आएको हो।"यो युद्ध अन्त्य हुनुपर्छ भन्ने कुरामा सबै सहमत छन् र हामीले आउँदा दिन तथा हप्ताहरूमा त्यो दिशामा काम गर्ने छौँ," ट्रम्पले भने।रुसी राष्ट्रपतिका तर्फबाट ट्रम्पलाई भेट्ने इच्छा जाहेर भएको र राष्ट्रपति ट्रम्प "राष्ट्रपति पुटिन र राष्ट्रपति जेलेन्स्कीलाई भेट्नका लागि खुला रहेको" ह्वाइट हाउसले पनि बीबीसीलाई बताएको छ। भ्लादिमिर पुटिनको रुसले किन युक्रेन अतिक्रमण गर्‍यो? ट्रम्पद्वारा फेरि पुटिनको आलोचना, युक्रेनलाई 'उन्नत क्षेप्यास्त्र' पठाउने घोषणा भारतमाथि ट्रम्पको आरोपयसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विट्कफको भ्रमणबारे ट्रम्पसहित युरोपेली नेताहरूसँग कुराकानी गरेका छन्।पैसा सकिन थालेपछि मात्रै रुसले शान्तितर्फ गम्भीर कदम चाल्ने जेलेन्स्कीले बताउँदै आएका छन्।युद्ध रोक्न नचालेमा रुसले कडा प्रतिबन्धहरूको सामना गर्नुपर्ने अथवा उससँग व्यापार गर्नेहरूमाथि प्रतिबन्ध लगाउने ट्रम्पले चेतावनी दिएका छन्।मस्को र किएभबीच संवादमा प्रगति हुन नसकिरहेकोमा ट्रम्पले असन्तुष्टि जाहेर गर्दै आएका बेला पुटिन र विट्कफबीच बुधवार सौहार्दपूर्ण कुराकानी भएको देखिएको छ।मस्कोबाट विट्कफ प्रस्थान गरेको केही समयपछि ट्रम्पले भारतमाथि रुससँग तेल किनिरहेकोमा अतिरिक्त २५ प्रतिशत ट्यारिफ लाग्ने गरी एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेको ह्वाइट हाउसले घोषणा गर्‍यो। अगस्ट २७ बाट त्यो लागु हुने छ।ट्रम्पले भारतमाथि "युक्रेनमा रुसी युद्धका कारण कति मानिसहरू मरिरहेका छन् भन्नेबारे वास्ता नगरेको" आरोप लगाएका छन्। रूसमा प्रभावशाली मन्त्रीको मृत्युले गरायो सोभियतकालीन समयको सम्झना अमेरिका-रुस शान्ति वार्तामा युक्रेनलाई ननिम्त्याइएको स्रोतको भनाइ, वासिङ्टन के भन्छ? दोहोरो आक्रमण जारीप्रतिबन्धहरू लगाउने ट्रम्पका चेतावनीबीच रुसले युक्रेनमाथि ठूलो स्तरमा हवाई हमलाहरू जारी राखेको छ।यसै वर्षको ज्यानुअरीमा कार्यभार सम्हाल्नुअघि ट्रम्पले रुस र युक्रेनबीच जारी युद्ध एक दिनमै अन्त्य गराउने बताएका थिए।द्वन्द्व चर्केको छ भने मस्कोप्रतिका आफ्ना अभिव्यक्तिहरूलाई ट्रम्पले कडा पारेका छन्। मस्कोले पूर्ण स्तरमा अतिक्रमण थालेको साढे तीन वर्षपछि युक्रेन र रुसबीच इस्तान्बुलमा भएका तीन चरणका वार्ताहरू निष्कर्षविहीन भए।शान्तिका लागि मस्कोका सैन्य र राजनीतिक पूर्वसर्तहरूलाई किएभ र उसका पश्चिमा साझेदारहरूले अस्वीकार गर्दै आएका छन्। जेलेन्स्की र पुटिनबीच वार्ता हुनुपर्ने किएभका आग्रहहरूलाई क्रेम्लिनले अस्वीकार गर्दै आएको छ। युक्रेनले रुसी इन्धन प्रशोधन तथा ऊर्जा केन्द्रहरूलाई ड्रोनबाट निशाना बनाउँदै आएको छ भने मस्कोले युक्रेनी सहरहरूमाथि हमला गर्दै आएको छ।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।