सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडकाे आइपिओ आजदेखि - taksarnews.com
काठमाण्डौँ । सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडले आजदेखि आइपिओ निष्कासन गरेको छ । कम्पनीले सर्वसाधारणका लागि ५ लाख ७२ हजार ४३१ कित्ता आइपिओ जारी गरेको हो । कम्पनीले सामूहिक लगानी कोषका लागि ३४ हजार ४८४ कित्ता र कर्मचारीहरुका लागि १३ हजार ७९३ कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले पहिलो चरणअन्तर्गत गत पुस ९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आइपिओ जारी गरेको थियो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले गत मङ्सिर २५ गते १३ करोड ७९ लाख ३५ हजार रुपैयाँबराबरको १३ लाख ७९ हजार ३५० कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।