Redirecting...

ओली र लेखकसँग जाँचबुझ आयोगले आगामी साता बयान लिने - kendrabindu.com

ओली र लेखकसँग जाँचबुझ आयोगले आगामी साता बयान लिने - kendrabindu.com
Source: kend

काठमाडौं । आगामी साता भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको बारेमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको छिट्टै बयान लिने तयारी गरेको छ । जेनजी आन्दोलनपछि गठित उच्चस्तरीय जाँचबुझ आयोगले आगामी हप्ता ओली, लेखकलगायत प्रमुख राजनीतिक नेताहरूलाई बयानका लागि बोलाउने गृहकार्य गरेको हो । बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भएको छलफलमा आयोगका पदाधिकारीहरूले म्याद थपको प्रस्ताव राखेका थिए । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले अझै महत्वपूर्ण व्यक्तिहरूको बयान लिन बाँकी रहेकाले समय अपुग भएको जनाएको छ । सरकारले जेनजी आन्दोलनका क्रममा भएका घटनाको सत्यतथ्य पत्ता लगाउन गत असोज ५ गते तीन महिनाको म्यादसहित आयोग गठन गरेको थियो । आयोगले असोज ९ गतेदेखि काम थालेको हो।