हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ : शंकर पोखरेल - janatatimes.com
काठमाडौ, पुस १। नेकपा (एमाले) का निवर्तमान महासचिव तथा महासचिव पदका उम्मेदवार शंकर पोखरेलले पार्टी, आन्दोलन र राष्ट्रको रक्षा सबैको साझा कार्यभार भएको उल्लेख गर्नुभएको छ। ११ औँ राष्ट्रिय महाधिवेशनको सन्दर्भमा महाधिवेशन प्रतिनिधिहरूलाई लक्षित गर्दै उहाँले ‘पार्टी, आन्दोलन र राष्ट्रको रक्षा हामी सबैको कार्यभार हो’ भन्दै एकता र सामूहिक प्रयत्नको आवश्यकता औँल्याउनु भएको हो। उहाँले पार्टीभित्र एकताबद्ध भएर अघि बढे मात्र चुनौतीपूर्ण राजनीतिक परिस्थितिको सामना गर्न सकिने धारणा व्यक्त गर्नुभएको छ । महाधिवेशनको नेतृत्व चयनको निर्णायक घडीमा उहाँले ‘हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ’ भन्ने सन्देशमार्फत संगठनात्मक एकता, अनुशासन र सामूहिक विजयप्रति विश्वास व्यक्त गर्नुभएको हो। एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत सर्वसम्मतिको प्रयास सफल नभएपछि निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन गर्न लागिएको छ। महासचिव पदका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डे बिच प्रतिस्पर्धा हुने भएको छ ।