पेट्रोलियम पदार्थको मूल्य बढ्यो, प्रतिलिटर कति पुग्यो ? - janatatimes.com
Source: jant
काठमाडौं, फागुन ३। सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले जनाएअनुसार आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल र डिजेल र मट्टितेलको मूल्य बढेको छ । निगमका अनुसार, पेट्रोलमा १ र डिजेल तथा मट्टितेलको मूल्य ३ रुपैयाँले बढेको छ ।खयससँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १५६ रुपैयाँ पुगेको छ भने सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५५ रुपैयाँ पुगेको छ । यस्तै चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १५३ रुपैयाँ ५० रुपैयाँ पुगेको छ । आयल निगमले अन्तर्राष्ट्रिय बजार र खरिद मूल्यको आधारमा मूल्य समायोजन गरिएको जनाएको छ।