गुण्डापालन बन्द होस् - farakdhar.com
Source: FRDH
अहिले पनि देशभर गुण्डाराज विभिन्न आवरणमा सल्बलाइरहेको छ । कुनै पनि बेला जुनसुकै ठाउँमा विभिन्न प्रकृतिका अराजक घटनाक्रम बढेका छन् । संघीय राजधानी काठमाडौंमा केही महिनायता सुषुप्त अवस्थामा रहेको गुण्डाराज एकाएक सतहमा देखिएको छ । बिहीबार राति मात्र महाराजगन्जस्थित साम्बाला होटलमा जन्मदिन मनाउनेक्रममा होहल्ला र सडकमा आतंक फैलाएको अभियोगमा ‘चक्रे मिलन’ भनेर चिनिने मिलन गुरुङसहित ४७ जना पक्राउ परेका थिए । उनीहरूको साथबाट केही हतियारसमेत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले गुण्डालाई नियन्त्रणमा लिइ...