Redirecting...

‘जनै हराएको मान्छे’मा भ्युज हराएको गीत पनि! - www.sutranews.com

‘जनै हराएको मान्छे’मा भ्युज हराएको गीत पनि! - www.sutranews.com
Source: sutr

काठमाडौं । अभिनेता विजय बरालको शीर्ष भूमिका रहेको फिल्म ‘जनै हराएको मान्छे’को गीत ‘आमा’ले रिलिज भएको तीन महिना पुग्नैलाग्दा पनि पाँच लाख भ्युज पाएको छैन। विजय र मिरुना मगर अभिनीत उक्त गीत गएको जेठ २१ गते युट्युबमा अपलोड भएको थियो। तर, अहिलेसम्म पनि यस भिडिओमा ४ लाख ९० हजार मात्र भ्युज छ। त्यति मात्र हैन, उक्त गीतको भिडिओमा न अपेक्षित टिकटक न रिल्स नै बनेका छन्। ‘पूर्ण बहादुरको सारंगी’ जस्तो हिस्टोरिक ब्लबस्टर फिल्म खेलिसकेका विजयले अभिनय गर्दा समेत गीतले हाइप पाउन सकेको छैन। भ्युज त परको कुरा भैगो! ‘आमा’ बोलको मर्मस्पर्सी गीत र उस्तै अभिनयमा बनेको उक्त गीतले जति हाइप लिनुपर्थ्यो, त्यति लिन नसक्दा फिल्म निर्माण टिमको यो गीतमार्फत् दर्शक तान्ने महत्वाकांक्षा सफल भएन।