Redirecting...

चितवन टस जितेर बलिङ गर्दै - corporatesamachar.com

चितवन टस जितेर बलिङ गर्दै - corporatesamachar.com
Source: copr

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज प्रतिस्पर्धा गर्दैछन् । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा चितवनले टस जितेर बलिङ रोजेको छ। सुदूरपश्चिम अपराजित १० अङ्कका साथ शीर्ष स्थानमा छ। आजको खेल जितेर सुदूरपश्चिम पहिलो क्वालिफायरमा स्थान सुरक्षित गर्ने दाउमा छ । पाँच खेलबाट चार अङ्क जोडेको चितवनलाई भने प्लेअफ आशाका लागि आजको खेलमा विजयी हुनैपर्ने दबाब रहेको छ ।