ज्योति मगरको प्रश्न– सरकारी बजेट कुम्ल्याउने कलाकारको सम्पत्ति शुद्धीकरण हुन्छ कि हुँदैन ? - www.sutranews.com
काठमाडौं । गायिका ज्योति मगरले सरकारी बजेट कुम्ल्याउने कलाकारको सम्पत्ति शुद्धीकरण हुन्छ कि हुँदैन भनेर प्रश्न गरेकी छन् । सामाजिक सञ्जालमार्फत उनले जनचेतनाका लागि करोडौँ बजेट लिएर दुई चार लाखमात्र खर्च गरेर बाँकी रकम कुम्ल्याउने कलाकारको सम्पत्ति शुद्धीकरण हुन्छ कि हुँदैन भनेर प्रश्न गरेकी हुन् । यस्ता कलाकारलाई भ्रष्टाचारी भन्न मिल्ने कि नमिल्नेसमेत उनले प्रश्न गरेकी छन् । आम्दानीअनुरुप कर नबुझाएको आरोप खेप्दै आएका कलाकारको सम्पत्ति शुद्धीकरण गर्नुपर्ने आशयसहित गायिका ज्योतिले फेसबुकमा स्टाटस लेखेकी हुन् । मनमा लागेको खुल्दुली भन्दै उनले कलाकारको सम्पत्ति छानबिन गर्नुपर्ने विषयमा बहस छेडेकी हुन् । फेसबुकमा उनले लेखेकी छन् : मन मा लाको खुल्दुली…नेपाल सरकारको कोषबाट जनचेतना मुलक कार्यक्रमको लागि करौडौँ बजेट लिएर यसो २÷४ लाखको फिस्स भिडियो बनाएर बाँकी रकम सबै कुम्ल्यायर आफ्नो ठुल ठूलो प्राइभेट कम्पनी खोल्ने आदरणीय कलाकार महानुभावहरूको सम्पती शुद्धीकरण हुन्छ होला कि हुदैन होला ? अनि उहाँहरुलाई भ्रष्टाचारी भन्न मिल्छ होला कि मिल्दैन होला ?