Redirecting...

प्याब्सन क्रिकेट: लिटिल स्टार र प्यारागन विजयी - nagariknews.nagariknetwork.com

प्याब्सन क्रिकेट: लिटिल स्टार र प्यारागन विजयी - nagariknews.nagariknetwork.com
Source: ngrk

लहानमा जारी ‘प्याब्सन इन्टरस्कुल क्रिकेट लिग–२०२५’ टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारका खेलमा लिटिल स्टार स्कुल र प्यारागन पब्लिक स्कुल विजयी भएका छन्।पहिलो खेलमा प्यारागन पब्लिक स्कुलले मोडर्न आदर्श स्कुललाई ४ विकेटले पराजित गरेको गर्‍यो। पहिले ब्याटिङ गरेको मोडर्न आदर्श १५ ओभर ४ बलमा ६९ रनमै समेटिएको थियो।७० रनको सामान्य लक्ष्य पछ्याएको प्यारागनले १२ ओभर ४ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो।प्यारागनको जितमा अभिषेक यादवले १४ रन तथा मोहम्मद इमरान खान र अभिनाश यादवले समान ११/११ रन जोडे। टोलीले अतिरिक्त २० रन प्राप्त गरेको थियो।यस्तै, आइतबार नै भएको दोस्रो खेलमा लिटिल स्टार स्कुलले ग्लोबल एकेडेमीलाई १७ रनले पराजित गरेको छ।निर्धारित २० ओभरमा लिटिल स्टारले ९ विकेटको क्षतिमा १०९ रन बनाएको थियो। ११० रनको लक्ष्य पछ्याएको ग्लोबल एकेडेमी १८ ओभर २ बलमा ९२ रनमै अलआउट भयो।लहान नगरपालिका–४ स्थित यज्ञभूमि क्रिकेट खेल मैदानमा जारी प्रतियोगितामा २८ वटा विद्यालयको सहभागिता रहेको छ।