चार महिनामा आयो छ खर्ब ८७ अर्ब रेमिट्यान्स, ३१.४ प्रतिशत वृद्धि - www.nepalclicks.com
Source: nplk
काठमाडौं। चालू आर्थिक वर्ष २०८२/०८३ को चार महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ३१.४ प्रतिशत बढेको छ। गत कात्तिकसम्म छ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.४ प्रतिशत बढेको थियो। २०८२ कात्तिकमा विप्रेषण आप्रवाह एक खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.३ प्रतिशत वृद्धि भई चार अर्ब ८८ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशत बढेको थियो।