ताराखसेमा पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध - www.onlinepana.com
Source: onpa
बागलुङको काठेखोला गाउँपालिका–६ ताराखसेमा पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको उक्त सडकमा आवतजावत अवरुद्ध हुँदा गए रातिदेखि नै लामो तथा छोटो दूरीका सवारीसाधान चल्न सकेका छैनन् । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाका अनुसार सडकमा लेदोसहितको पहिरोले पश्चिम बागलुङसहित रोल्पा, रुकुम, जाजरकोट, डोल्पा, गुल्मी र पश्चिम बागलुङबाट पोखरा, काठमाडौंलगायतका स्थानमा जाने सवारीसाधान रोकिए हुन् । उनले अहिले पहिरो पन्छाएर सवारी आवागमन गराउनका लागि लोकमार्ग कार्यालयसँग छलफल भइरहेको बताए । उनका अनुसार सडक खुल्न अझै केही समय लाग्नेछ । The post ताराखसेमा पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).