Redirecting...

नेपालमा ‘आरीघोप्टे वर्षा’पछि भारतीय प्रधानमन्त्री मोदीको दिल किन दुख्यो ? - corporatekhabar.com

नेपालमा ‘आरीघोप्टे वर्षा’पछि भारतीय प्रधानमन्त्री मोदीको दिल किन दुख्यो ? - corporatekhabar.com
Source: cork

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भारीवर्षाका कारण भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गरेका छन् । आइतबार सामाजिक सञ्जाल एक्समा लेख्दै मोदीले कठिन समयमा भारत सरकार नेपाली जनता र नेपाल सरकारको साथमा रहेको बताउदै आवश्यक पर्ने कुनै पनि प्रकारको सहयोग गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । मोदीले लेखेका छन्– ’नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति पीडादायी छ । हामी यस कठिन समयमा नेपाली जनता र नेपाल सरकारको साथमा छौं । एक मित्रवत् छिमेकी र पहिलो रेस्पोन्डरको रूपमा भारत आवश्यक पर्ने कुनै पनि प्रकारको सहयोग गर्न प्रतिबद्ध छ ।’ The post नेपालमा ‘आरीघोप्टे वर्षा’पछि भारतीय प्रधानमन्त्री मोदीको दिल किन दुख्यो ? appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.