संकटा मन्दिरमा भक्तजनको भीड (फोटोफिचर) - annapurnapost.com
Source: anna
काठमाडौं : टे: बहालस्थित संकटा मन्दिर परिसरमा शनिबार भक्तजनको भीड लागेको छ। ग्रह शान्तिको लागि दर्शन गर्न पुगेका भक्तजनको संकटा मन्दिर परिसरमा कार्तिकको चौथो शनिबार पनि भीड लागेको हो। अन्य शनिबारभन्दा विशेष गरी कार्तिकको शनिबार मन्दिरमा भीड लाग्ने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। आज संकटा मन्दिर दर्शन गर्न जाने भक्तजनको लाइन काठमाडौं मल, धरहरा, न्यूरोड…