कविता : भ्रम - sahityapost.com
दोबाटो बनेकोसमयको त्यो असहज मोडआ–आफ्ना सपना पछ्याउँदैछुट्टिएका थियौँ कुनै दिनचाँडै भेट्छौँवा भेट्दैनौँथोरै संशयथोरै आशामा । तटस्थ र मौनदुवैभित्रउर्लिँदै व्याकुल समुद्रमनकिनारसम्मछालहरू ठोक्किरहेनिःशब्द ! किंकर्तव्यविमूढ हामीलेआवाज सुन्न छाडेका थियौँ । बिना सम्वादथुप्रिँदै भँगालोभित्रतिमीलाई सोध्नेर खोज्ने जमर्काहरूमाधेरैलाई साक्षीर हुलाकी बनाएकी छु । मेरो नियास्रोसाँझका हावाकाहल्का स्पर्शमातिमीले पनिधेरै पटक भेटेका हौला। पठाइ नसकिएकाप्रेमपत्रहरूबादलका पत्रपत्रमाआद्योपान्तबाँचेका हौला । सोच्छुव्यस्तताको बाढीमाबगाइसकेका छैनौ अझैभेलसँग बगी आउनेलाई सरिपाखा लाइसकेका छैनौ मलाई। तिम्रो सम्झनाकोकुनै कुनामाअझै पनिअल्झिएकै हुँला कतैउस्तै हुँडलिएको होला तिमीभित्रउस्तै हुटहुटी, उस्तै आतुरी ! तिमी फर्किन्छौबग्रेल्ती सम्झनाहरू बोकेरपर्खिन्छौपहिलेझैँत्यहीँ मोडमाकैयौँ–कैयौँ बेरसम्म । अनि भेटमागर्नेछौँ मनभरिफेद न टुप्पाकालम्बेतान गफहरू ! अफसोस !अचेलएक्लिएको पिपलको रुखर चौतारीसँगमेरो मीठो भ्रमकोसायद प्रत्युत्तर छैन । समयको बगाइमाबग्नुपर्ने बाध्यतापरिस्थिति कि उदासीनता ? नबिर्सेको सप्रमाणतिमी आएका छैनौसजिलै सम्झायौया झुक्यायौआफूलाई ? न बाडुल्कीन सपनाको तरङ्ग !सम्बन्धका सेतुके यति कमजोर हुन्छन् ? मलाई लाग्छमेरो प्रश्न नैनिरर्थक छकिनकिभ्रममाथि टेको राखेरबिर्सनेसँगविश्वासको‘ब्लुप्रिन्ट’ माग्नुकोके कुनै औचित्यरहन्छ र !