Redirecting...

विशेष अदालतको आदेश- माधव नेपालविरुद्धको मुद्दामा उजुरी र निर्णय मगाउनू - farakdhar.com

विशेष अदालतको आदेश- माधव नेपालविरुद्धको मुद्दामा उजुरी र निर्णय मगाउनू - farakdhar.com
Source: FRDH

विशेष अदालतले पतञ्जली जग्गा सट्टापट्टा अनियमिततामा संलग्न भएको आरोपमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र अन्य आरोपितविरुद्ध मुद्दा चलाउने निर्णयसँग सम्बन्धित फाइल माग गर्ने आदेश दिएको छ ।  विशेष अदालतका सदस्य नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले २५ मंसिर २०६९ मा भएको निर्णय र उजुरीसमेत पेश गर्न आदेश जारी गरेको हो । अदालतले विशेष सरकारी वकिलको कार्यालयमार्फत सरकारी साक्षीहरूलाई उपस्थित गराउन र आरोपितहरूले आफ्ना साक्षी पेश गर्न सुनिश्चित गर्न निर्देशन पनि दिएको छ ।