Redirecting...

मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा कुहिरो र पहाडी क्षेत्रमा आंशिक बदली रहने - bishwokhabar.com

मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा कुहिरो र पहाडी क्षेत्रमा आंशिक बदली रहने - bishwokhabar.com
Source: bsbk

काठमाडौँ- हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान जारी गरेको बुलेटिन अनुसार यसको प्रभावले देशका केही पहाडी भूभागमा आंशिक बदली र तराईमा कुहिरो लाग्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। तराईका केही स्थानहरूमा भने हल्का कुहिरो लाग्ने सम्भावना छ। देशका बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ । यसैगरी, आज राति पनि कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली कायम रहनेछ। तराईका केही ठाउँहरूमा कुहिरो र हुस्सु लाग्ने सम्भावना रहेको र बाँकी क्षेत्रमा भने मौसम सफा रहने महाशाखाले जनाएको छ।