Redirecting...

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकको अदली बदली - www.pardafas.com

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकको अदली बदली - www.pardafas.com
Source: pfds

संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनाका कार्यमा कंगोमा तैनाथ नेपाली शान्ति सैनिकको अदली बदली भएको छ। फागुन ४ गते नेपाली सेनाको रुद्रध्वज गण (३२औँ डफ्फा) अन्तर्गत २३८ जना शान्ति सैनिकहरूको टोली चण्डीदल गण (३१औँ डफ्फा)मा कार्यरत सैनिकहरूको स्थानमा प्रस्थान गरेको छ। यसअघि उक्त मिसनमा कार्यरत २३६ जना सैनिकहरू आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किएका छन्। हाल संयुक्त राष्ट्र शान्ति स्थापना अभियानमा नेपाली सेनाका ९६९ जना शान्ति सैनिकहरू तैनाथ छन्।