Redirecting...

इलाममा बाढी र पहिरोमा परेर २८ जनाको मृत्यु - www.onlinepana.com

इलाममा बाढी र पहिरोमा परेर २८ जनाको मृत्यु - www.onlinepana.com
Source: onpa

काठमाडौं । लगातारको अविरल वर्षापछि इलाम जिल्लाका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण २८ जनाको ज्यान गएको छ । सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले शनिबार बिहानसम्म २८ जनाको मृत्यु भएकाे जानकारी दिए । यस्तै अन्य दुई जना घाइते भएका छन् । सूर्योदय नगरपालिका १ मा ५, इलाम नगरपालिका–६ मा ६, देउमाइ नगरपालिकामा २, खापखुकपुङ गाउँपालिकामा १, मान्सेबुङ गाउँपालिकामा ३ जनाको मृत्यु भएको छ । यस्तै माइजोकमाई गाउँपालिकामा ८ र सन्दकपुर गाउँपालिकामा ३ जनाको मृत्यु भएको थापाले बताए । The post इलाममा बाढी र पहिरोमा परेर २८ जनाको मृत्यु appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).