सिनामंगलस्थित काठ गोदाममा आगलागी - ehimalayatimes.com
Source: hmlt
काठमाडौं । काठमाडौंको सिनामंगल क्षेत्रमा गैरिगाउँमा रहेको काठको गोदाममा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको छ। प्रहरी र स्थानीय सुरक्षा टोलीले घटनास्थलमा पुगेर नियन्त्रण प्रयास गरिरहेका छन्।