चितवनले कुशलसहित ६ खेलाडी रिटेन गर्यो - www.hamrokhelkud.com
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को टोली चितवन राइनोजले दोस्रो संस्करणका लागि आज रिटेन र रिलिज गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ। चितवनले आज एक विज्ञप्ती जारी गर्दै रिटेन र रिलिज खेलाडीको सुची सार्वजनिक गरेको हो । स्थिर र प्रतिभावान टोली संरचना र थप सुदृढीकरण योजनासहित चितवन राइनोज एनपीएलको दोस्रो सिजनमा रोमाञ्चक र प्रतिस्पर्धात्मक प्रदर्शनका लागि तयार अवस्थामा रहेको विज्ञप्तीमा जनाएको छ । चितवनले आफ्ना मार्की खेलाडी तथा कप्तान समेत रहेका कुशल मल्ललाई रिटेनको पहिलो नम्बरमा राखेको छ । चितवनले रिटेन गरेको अन्य खेलाडीमा रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह रौटेला र गौतम केसी रहेका छन् । रिटेन खेलाडीहरू कुशल मल्लरिजन ढकालकमलसिंह ऐरीदीपक बोहराअमरसिंह रौटेलागौतम केसी चितवनले अनुभवी खेलाडी शरद भेषवाकर लगायत ६ खेलाडीलाई रिलिज गरेको छ । रिलीज खेलाडीहरू शरद भेषावकरदिपेश श्रेष्ठबिपिन रावलसन्तोष कार्कीरञ्जित कुमारसलाउद्दिन खान चितवन राइनोजले यस सिजन टिमसँग निरन्तरता नपाउने खेलाडीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।The post चितवनले कुशलसहित ६ खेलाडी रिटेन गर्यो first appeared on हाम्रो खेलकुद.