निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा : आतंकित नभई सचेत, सजग र जिम्मेवार बन्न अनुरोध - farakdhar.com
Source: FRDH
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । निपाह भाइरसको जनस्वास्थ्य जोखिमका सम्बन्धमा केही देशमा देखिएको घटनाप्रति सचेत रहेको उल्लेख गर्दै मन्त्रालयले त्यसका लागि आवश्यक सबै कदम चालिरहेकाले सबैलाई आतंकित नहुन र सचेत, सजग र जिम्मेवार बन्न अनुरोध गरेको हो । विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी तथा दक्षिणपूर्वी एसिया क्षेत्रीयस्तरमा निपाह भाइरसको जनस्वास्थ्य जोखिम न्यून रहेको मूल्यांकन गरिए तापनि छिमेकी मुलुकमा देखिएका निपाह भाइरसका केही घटनालाई मध्यनजर गरी आवश्...