यीहुन् प्रधानमन्त्री कार्कीले प्रयोग गर्ने नयाँ सामाजिक सञ्जाल अकाउन्टहरु - www.technologykhabar.com
प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री सुशिला कार्कीले आगामी दिनमा प्रयोग गर्ने औपचारिक सामाजिक सञ्जाल अकाउन्टको जानकारी सार्वजनिक गरेको छ। जेनजी आन्दोलनपछि राजीनामा दिएका प्रधामन्त्री केपी शर्मा ओलीले चलाउँदै आएको यसअघिको औपचारिक सामाजिक सञ्जालका ह्याण्डलहरु फिर्ता नगरेपछि नयाँ अकाउन्टहरु सार्वजनिक गरिएका हुन्। केपी शर्मा ओलीले चलाउने गरेका सामाजिक सञ्जालका ह्याण्डल उनको सचिवालय तथा तत्कालिन राजनैतिक सल्लाहकार विष्णु रिमालले चलाउँदै आएको बताईएको छ। तर उक्त ह्याण्डलहरु फिर्ता नगरेको विकासन्यूजले उल्लेख गरेको थियो। सोही कारण नयाँ प्रधानमन्त्री नियुक्त भईसक्दापनि सामाजिक सञ्जालमा औपचारिक उपस्थिति रहेको थिए। अहिले भने प्रधानमन्त्री कार्यालयले नयाँ ह्याण्डलहरु सार्वजनिक गरेको हो। जसअनुसार, सामाजिक सञ्जाल एक्स (X) मा @pmsushilakarki रहेको छ भने फेसबुकमा PM Sushila Karki (pmonepalnew@gmail.com), तथा इन्स्टाग्राम आइ.डि. pm.sushila.karki (pmonepalnew@gmail.com) राखिएको सहसचिव तथा प्रवक्ता रविलाल शर्माले जानकारी दिएका छन्। The post यीहुन् प्रधानमन्त्री कार्कीले प्रयोग गर्ने नयाँ सामाजिक सञ्जाल अकाउन्टहरु appeared first on Technology Khabar.