प्रतिक्रियावादीहरू माओवादीलाई विभाजन गर्न ज्यान छाडेर लागेका छन् : प्रचण्ड - annapurnapost.com
Source: anna
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिक्रियावादीले माओवादीलाई विभाजन गर्न अनेक षड्यन्त्र र जालझेल गरिरहेको बताएका छन्। आइतबार माओवादी कार्यालय पेरिसडाँडामा आयोजित २३ औं बोत्ले स्मृति दिवसमा प्रचण्डले शान्ति सम्झौतामा आएदेखि अहिलेसम्म माओवादीलाई विभाजन गरि कमजोर बनाउन प्रतिक्रियावादीले अनेक षड्यन्त्र र जालझेल गरिरहेको बताएका हुन्। …