बालेन, रेनु र हर्क : केही वाचा पूरा, केही अधुरा - ekantipur.com
Source: kant
२१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको माहोल तात्दै जाँदा देशका मुख्य महानगर र उपमहानगरबाट प्रमुखहरूले राजीनामा दिएर चुनावी सक्रियता बढाएका छन् । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र (बालेन) शाह, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले कार्यकाल नसकिँदै पदबाट राजीनामा दिएका हुन् ।