Redirecting...

हेलिकप्टर उड्यो, नीति अड्कियो: सुत्केरी उद्धारको अधुरो मिशन - nepallive.com

हेलिकप्टर उड्यो, नीति अड्कियो: सुत्केरी उद्धारको अधुरो मिशन - nepallive.com
Source: nliv

नेपालको मातृ मृत्युदर अझै पनि क्षेत्रीय असमानता, पहुँचको अभाव र संस्थागत कमजोरीका कारण उच्च छ। दुर्गम हिमाली तथा पहाडी भेगमा सुत्केरी अवस्थामा ज्यान गुमाउनु न दुर्भाग्य हो, न केवल प्राकृतिक चुनौती – यो स्वास्थ्य प्रणालीको गहिरो दोषको प्रतिबिम्ब हो। नेपालका दुर्गम हिमाली तथा पहाडी क्षेत्रहरूमा सुत्केरी महिलाहरूको मृत्युका घटनालाई न्यूनीकरण गर्नका निमित्त राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाहरुलाई हवाई उद्धार गरी मातृमृत्यु दर, बालमृत्यु दर घटाउन वाञ्छनीय भएकोले, नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार सम्बन्धी कार्यविधि, २०७७ मातृत्व स्वास्थ्य सेवामा पाइला चालेका तर अल्झिएका पाइलाहरूको बयान दिने महत्त्वपूर्ण नीति कदम हो, तर यसले उठाएका अनेकन व्यावहारिक प्रश्नहरू र कार्यान्वयनको सीमाहरू हामीले चुपचाप स्वीकार्न मिल्दैन।