सामाजिक उद्देश्य बोकेको ‘नाम्लो’ चलचित्रको पहिलो अन्तर्राष्ट्रिय प्रदर्शन सम्पन्न, दोस्रो शो आइतवार हुने - ujyaaloonline.com
Source: unn
मनोज दाहाल, सुनसरी सामाजिक उद्देश्य बोकेको नेपाली चलचित्र ‘नाम्लो’ को पहिलो अन्तर्राष्ट्रिय विशेष प्रदर्शन सम्पन्न भएको छ । कार्यक्रम सगरमाथा गोर्खा नेपाली समाज (SGNCAK) को आयोजनामा २०२५ जुलाई २७ तारिखका दिन बेलायतको केन्टकाे आश्फोर्ड टाउनको कम्युनिटी हलमा भव्य रूपमा सम्पन्न भएको हो। यस अवसरमा बेलायतका विभिन्न ठाउँबाट आएका नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। नेपाली समुदायको उत्साहजनक सहभागिता, चलचित्रप्रति देखाइएको आत्मीयता र समर्थनले चलचित्रको महत्त्वलाई अझ सशक्त रूपमा प्रस्तुत गरेको देख...