बाढीपहिरो प्रभावितलाई तत्काल अस्थायी आवास र राहत उपलब्ध गराउने सरकारी निर्णय - ehimalayatimes.com
काठमाडौं । सरकारले हालैको बाढीपहिरोबाट घरवारविहीन बनेका नागरिकका लागि तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउने निर्णय गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा यो निर्णय सार्वजनिक गरिएको हो। सरकारले बाढीपहिरो प्रभावित परिवारहरूलाई तत्काल राहत रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ। साथै, संघ, प्रदेश र स्थानीय तहले प्रदान गर्ने राहत रकम र सामग्री दोहोरो नपर्ने गरी समन्वयपूर्वक स्थानीय तहमार्फत वितरण गर्ने व्यवस्था गरिएको छ। बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले प्रभावित क्षेत्रका नागरिकको तत्काल उद्धार, पुनर्स्थापना र दीर्घकालीन पुनर्निर्माणका लागि संवेदनशील र संयोजित योजना बनाउन निर्देशन दिनुभएकाे थियाे । यसअघि असोज १७ गतेदेखि परेको अविरल वर्षाले देशका विभिन्न भागमा बाढीपहिरोका कारण ६० जनाको मृत्यु र सयौँ घर डुबानमा परेका थिए।