Redirecting...

एमाले ११ औँ महाधिवेशन : सहमतिका लागि अन्तिमसम्म प्रयत्न गरिने, सहमतिको खाका ल्याउन अध्यक्ष केपी ओलीको आग्रह  - janatatimes.com

एमाले ११ औँ महाधिवेशन : सहमतिका लागि अन्तिमसम्म प्रयत्न गरिने, सहमतिको खाका ल्याउन अध्यक्ष केपी ओलीको आग्रह  - janatatimes.com
Source: jant

काठमाडौं, मंसिर २८ । नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) को ११औँ राष्ट्रिय महाधिवेशनमा अब औपचारिक रूपमा निर्वाचन प्रक्रिया अगाडि बढेको छ। महाधिवेशन प्रतिनिधिहरू नेतृत्व चयनतर्फ केन्द्रित हुन थालेका छन्। महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिहरूको सुझावअनुसार सहमतिका लागि अन्तिमसम्म प्रयत्न गरिने स्पष्ट पार्नुभएको छ। उहाँले सहमतिको स्पष्ट खाका ल्याउन र आवश्यक समन्वय गर्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई जिम्मेवारी दिनुभएको छ। अध्यक्ष ओलीले पार्टीभित्र चलिरहेको बहसलाई विवादको रूपमा चित्रण गर्दै विरोधी शक्तिले फैलाएको प्रचार अफवाह मात्र भएको उल्लेख गर्नुभयो। उहाँले एमालेभित्र बहस र मतभेद स्वाभाविक प्रक्रिया भएको र यसलाई कमजोर बनाउने प्रयास अस्वीकार्य हुने स्पष्ट सन्देश दिनुभएको छ । सहमति सम्भव नभएमा स्वस्थ प्रतिस्पर्धा नै एमालेको विगतदेखिको अभ्यास रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसैअनुसार निर्वाचन प्रक्रियामा अघि बढ्ने प्रष्ट पार्नुभएको छ। उहाँले पार्टीको एकता, अनुशासन र लोकतान्त्रिक अभ्यासलाई प्राथमिकतामा राख्दै नेतृत्व चयन हुने विश्वास व्यक्त गर्नुभयो। महाधिवेशनमा सहमति कि प्रतिस्पर्धा भन्ने विषयले चासो बढिरहेका बेला अध्यक्ष ओलीको यो भनाइले आएको हो । महाधिवेशन अन्तर्गत नेतृत्वको लागि भोलि मनाेनयन दर्ताको समय तोकिएको छ ।