Redirecting...

अष्ट्रेलियाले नाबालिगहरूका लागि सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धको जर्मन विद्यार्थीहरूले गरे आलोचना - www.technologykhabar.com

अष्ट्रेलियाले नाबालिगहरूका लागि सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धको जर्मन विद्यार्थीहरूले गरे आलोचना - www.technologykhabar.com
Source: tckb

जर्मन विद्यार्थीहरूले १६ वर्ष मुनिका नाबालिगहरूका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने अष्ट्रेलियाको निर्णयको आलोचना गरेका छन्। जर्मन विद्यार्थीहरूले उक्त कदम गलत भएको र सही समाधान नभएको बताएका छन्। शैक्षिक नीति प्रतिबन्धबाट सुरु हुन नहुने र युवाहरूलाई सुरक्षित रूपमा अनलाइन व्यवहार गर्न शिक्षित र सशक्त बनाउनु पर्ने जर्मन विद्यार्थीहरूको धारणा रहेको टेलीग्राफले रिपोर्ट गरेको छ। जर्मनीको राष्ट्रिय विद्यार्थी सम्मेलनका क्वेन्टिन गार्टनरले युवाहरूलाई जोखिमहरू, प्लेटफर्महरूले काम गर्ने तरिकाहरू र उनीहरूको स्वास्थ्यमा पार्ने प्रभावको बारेमा सिकाउन आवश्यक रहेकोमा जोड दिए। उनीहरुको तर्कमा उमेर प्रतिबन्धले समस्या समाधान गर्दैन किनकि यो धेरै व्यापक सामाजिक चुनौती हो। विद्यालयहरूमा विद्यार्थीहरूलाई स्वस्थ निद्रा, जिम्मेवार स्क्रिन प्रयोग र गलत जानकारीको पहिचानमा मार्गदर्शन गर्न प्रशिक्षित पेशेवरहरू हुनुपर्ने उनले थप बताए। The post अष्ट्रेलियाले नाबालिगहरूका लागि सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धको जर्मन विद्यार्थीहरूले गरे आलोचना appeared first on Technology Khabar.