कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक - corporatekhabar.com
Source: cork
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । एक महिनासम्म बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनबारे चर्किएको विवादमा सहमति जुटाउन नसकेपछि शीर्ष नेताहरूको बैठक बस्न लागेको हो । बैठक ललितपुरको धोबीघाटमा दिउँसो १ बजेबाट सुरु हुने जनाइएको छ । कांग्रेस बैठकमा महाधिवेशन चुनाव अघि कि पछि गर्ने भन्नेमा चर्को विवाद छ । महाधिवेशनबारे निर्णय लिनको लागि भोलि २ बजे केन्द्रीय समिति बैठक बस्दै छ । The post कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.